सत्यमोहन जोशीसहित दुई वामपन्थी नेतासँग ललितपुर एमालेका उम्मेदवार ब्यञ्जनकार र शाक्यले लिए आशिर्वाद


ललितपुर ।

नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्यआस्थाले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्धय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशिर्वाद लिएका छन् । आज मनोनयन गर्ने दिन बिहान तीनैजना नेताको निवासमा पुगेर आशिर्वाद लिएका थिए ।

 

आशिर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । अस्वथ्यताको कारण किस्ट अस्पताल भर्नापछि हिजोमात्र डिस्चार्ज हुनुभएका जोशीले एमालेका मेयरका उम्मेद्दार ब्यञ्जनकार र उपमेयरका उम्मेद्दार शाक्यलाई आशिर्वाद दिनुभएको थियो । त्यस अवसरमा सताब्दीपुरुष जोशीले दुवैजनालाई विजयीको लागि शुभआशिर्वाद दिनुभएको थियो ।

लगत्तै शंखमु्ल स्थित दिद्धिलाल सिहको निवासमा पुग्नुभएका दुवैजना उम्मेद्दारलाई आशिर्वाद दिदै सिहले भन्नुभयो ललितपुर महानगरपालिकाको समग्र विकास गर्न तपाईजस्ता उम्मेद्दारको आवश्यक छ । यो निर्वाचनमा दुवैजनाको विजयी हुने विश्वास सहित आर्शिवार्द दिन्छु भन्नुभयो । ८६ वर्षे एमाले नेता सिहले जनताको आवश्यकता अनुसार काम गर्नको लागि एमालेको विजय आवश्यक रहेको बताउनुभयो ।


त्यस लगत्तै पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशिर्वाद ग्रहण गर्नुभएको थियो । त्यस क्रममा उहाले विजयको शुभकामना दिनुभएको थियो । ८४ वर्षिया श्रेष्ठले आफ्नो जीवनमा ललितपुर महानगरमा एमालेको उम्मेद्दार विजय भएको हेर्न चाहेको बताउनुभयो । भेटपछि प्रतिक्रिया दिदै मेयरका उम्मेद्दार ब्यञ्जनकार र उपमेयरका उम्मेद्दार शाक्यले इतिहासपुरुष जोशी र दुई वामपन्थी नेताको आशिर्वाटबाट आफुहरुको विजय सुनिश्चित रहेको बताउनुभयो । उहाहरु दुवैजनाले केहीबेरमा महानगरको निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् ।