स्वतन्त्रबाटै समाजसेवा गर्ने शंकरको चाहना


काठमाडौं  ।

स्थानीय तहको निर्वाचनमा जनताले पार्टीलाई मात्र महत्व दिँदैनन्, आफ्नो ठाउँमा विकास गर्ने र जनताको काम सहज रुपमा गर्न सक्ने को छ भन्ने बारेमा पनि ख्याल गर्छन् ।

निर्वाचनमा उम्मेदवार बनेकामध्ये पहिले कसले कति गरेको छ र उसले पछि पनि गर्न सक्छ कि सक्दैन भन्नेबारेमा पनि जनताले सूक्ष्म रुपले नियाल्ने गर्दछन् । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि जनताले पक्कै पनि यसै विषयलाई बढी ध्यान दिनेछन् ।निर्वाचन आउन केही साता मात्र बाँकी रहँदा देशमा रहेका ७ सय ५३ स्थानीय तहमा विस्तारै उम्मेदवारहरुको बारेमा छलफल हुन थालिसकेको छ ।

काठमाडौं महानगरपालिका–२६ मा यस्तो छलफल हुन थालेको धेरै दिन भइसकेको छ । उक्त वडामा विकास प्रेमी, लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहने सबैका प्यारा शंकर (प्रभुलाल) जोशीले पनि अध्यक्षको पदमा उम्मेदवारी दिने भएका छन् । हालसम्म कुनै पार्टीमा नलागेका शंकरको लोकप्रियता देखेर धेरैजसो पार्टीले टिकट लिन आह्वान गरेको शंकरको भनाइ छ । उहाँले भन्नुभयो– ‘म निर्वाचनमा उठ्नका लागि तयारी गरिसकेको छु, कुन पार्टीबाट उठ्ने भन्ने बारेमा केही दिनमा निर्णय गर्छु । स्वतन्त्रबाट पनि हुन सक्छ ।’
शंकरलाई २६ वडामा विकासप्रेमी भनेर चिनिन्छ ।

उहाँसँग न त सार्वजनिक पद छ, न त अन्य व्यक्तिलाई सहयोग गर्न सक्ने गरी प्रशस्त धन नै छ, तर पनि उहाँकै पहलमा २६ वडामा खानेपानी, बिजुली, ढल निकासलगायतका विकासका कार्य प्रशस्त भएका छन् । २६ वडाका स्थानीयबासी राजेश श्रेष्ठले शंकर उठेमा आफू र आफ्नो परिवारले आँखा चिम्लेर भोट हाल्ने बताउनुभयो ।दोलखाबाट काठमाडौं आएर वडा नं. २६ मा शंकर बसोबास गर्न थालेको पनि ४० वर्ष पुगिसकेको छ । यस बीचमा उहाँको पहलमा साना ठूला गरी सो वडामा ६०÷६५ वटा विकासका कार्य सम्पन्न भइसकेका छन् । ठमेलस्थित भगवती मन्दिर नजिक रहेको ऐतिहासिक त्रि–भीम धारा (बम्पा हिटी) मा झन्डै ४० वर्षपछि पानी आउन थालेपछि स्थानीय खुसी भएका छन् ।

‘शंकरसँग २६ नम्बर वडाका अधिकांश जनता खुसी छन् । उनले यस वडाका हरेक क्षेत्रमा खानेपानीको व्यवस्था, सडक निर्माणलगायतका कार्य गरेर यहाँका जनतालाई सुखसुविधा दिएका छन्’, २६ नम्बर वडाका स्थानीयबासी तथा करातेका प्रशिक्षक सन्तोष श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विशेष गरी ४० वर्षदेखि पानी नआएको त्रि–भीम धारामा पानी आउने वातावरण बनाइदिएर शंकरले सा¥है गुण लगाएका छन् । यहाँका बासिन्दा खुसी छन् ।’

‘मैले २६ नम्बर वडाको हरेक टोलमा खानेपानी पु-याएको छु । यसका लागि काठमाडौं उपत्यका खानेपानी संस्थान, महाराजगन्ज शाखाका प्रमुख तथा इन्जिनियर रमेश केसीले सहयोग गरिरहनुभएको छ । उहाँ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ’ –शंकरले भन्नुभयो । निःस्वार्थ भावले काम गर्न खोजेमा सबैले सहयोग गर्ने उहाँको भनाइ थियो ।हालसम्म करिब ४०-४५ ठाउँमा खानेपानीको पाइप बिच्छ्याइसकिएको उहाँको भनाइ छ । शंकरकै पहलमा म्हैपीस्थित चर्च वरपर १५ फिटको सडकलाई चौडा गरी २० फिट बनाइएको छ । सार्वजनिक जग्गा मिचेको ठाउँमा सडक चौडा गरिएको हो । ‘हाम्रो एउटै आवाज–समृद्ध र विकसित समाज’ भन्ने उहाँको नारा छ ।

‘शंकर त २६ नम्बर वडाका लागि भगवान् नै सावित भएका छन् । उनले सार्वजनिक पद नपाए पनि यतिका धेरै काम गरेका छन् भने सार्वजनिक पद पाएमा कस्तो गर्दा हुन् ?’ –स्थानीय रामसुन्दर अधिकारीले भने । ‘मैले कुनै पनि सरकारी पद नपाउँदा त उल्लेख्य मात्रामा कार्यहरु गरेको छु भने मलाई २६ नम्बरको वडा अध्यक्षमा जिताएमा मैले यस वडाका बासिन्दालाई नसोचेको सुविधा दिने विश्वास दिलाउन चाहन्छु’ –शंकर बताउनुहुन्छ ।

शंकरको पहलमा भएका मध्ये केही महत्वपूर्ण कार्यहरु

  • २०५४ सालमा म्हैपीको प्रहरी चौकी अगाडि तरकारी बजार
  • २०६२ सालमा ५००० लिटरको पानी ट्याङ्की राखिएको
  • २०६३ सालमा मन्दिर जाने म्हेपी मार्ग मुल सडक कालोपत्रे
  •  २०६३-६४ सालमा विभिन्न शाखा बाटोहरुमा ढल निर्माण कार्य सम्पन्न
  • २०६४ सालमा म्हैपी मन्दीर वरपर सडक कालोपत्रे
  • २०६४ सालमा राज्यले खोल्न नसकेको म्हेपीको चर्चको उत्तरतर्फको जीएलडी बाटो खोल्ने कार्य पूरा गरेको
  • २०६५ सालमा म्हेपी मूलसडकमा प्रहरी बिट नजिक ५ हजार लिटरको खानेपानी ट्याँकी स्थापना
    २०६५ सालमा म्हेपी नवसंगम मार्गमा ५ हजार लिटरको खानेपानी ट्याँकी स्थापना
  • २०६५ मा कामपा १६ अन्तर्गतको गुरुनानक मठको दक्षिण पूर्वी सुम्पाक्व टोलमा ४ इन्चको खानेपानी पाइपलाइन विस्तार तथा सडक कालोपत्र सम्पन्न
  •  २०६५ सालमा भित्री ढललाई मूल सडकमा जोड्ने कार्य
  •  २०६५ सालमा चर्च नजिक रहेको १५ फिटे बाटोलाई २० फिटे बनाइएको
  •  २०६८÷६९ सालमा कामपा २६ को सम्झौता मार्ग , धर्मपुरी मार्ग तथा भीम मार्गका करिब १ सय ८८ घरधुरीका लागि ४ इन्च खानेपानी पाइपलाइन विस्तार
  • २०७० सालमा भीम मार्ग भित्रका शाखा सडकमा कालोपत्रे गरिएको
  • २०७३ सालमा म्हेपी मूलमार्ग विस्तार गरी कालोपत्रे गरिएको
  •  २०७४ सालमा कामपा २६ नवसंगम मार्गमा सडक कालोपत्रे योजना सम्पन्न
  • २०७४ सालमा कामपा २६ नयाँबसपार्क जोड्ने मूल सडक इम्पेरियल स्कुल परिसरमा ग्राभेल तथा क्याचपिट निर्माण सम्पन्न
  • २०७५ सालमा दुप्चेश्वर मार्गमा ब्लक बिछयाई सडक बत्ती राखिएको
  •  २०७५ सालमा दुप्चेश्वर मार्गको शाखा मार्गमा ३ फुटे बाटोलाई स्थानीयहरुसंग सहकार्य गरी ५ फुटे बाटो विस्तार
  •  २०७५ सालमा नवसंगम मार्गमा करिब १ सय २० घरधुरीको लागि ४ इन्चको खानेपानी लाईन विच्छ्याइएको
  •  २०७६ सालमा कामपा २६ अन्तर्गतको दुप्चेश्वर मार्गको करिब २ सय ५० घरधुरीको लागि ४ इन्चको खानेपानी पाइपलाइन विस्तार सम्पन्न
  •  २०७६ सालमा लैनचौर वरपरका कस्केली टहरा , सुकुबहाल तथा हनुमान चोकमा क्रमश ः ४ इन्च, ३ इन्च र २ इन्च गरी करिब ८ सय मिटर पाइप लाइन विस्तार
  • २०७६ सालमा कामपा २६ अन्तर्गतको रेडन कलेज र कोइराला मार्ट (पुष्पान्जली मागर्) वरपरका करिब ४० घरधुरीका लागि २ इन्च खानेपानी पाइप लाइन विस्तार सम्पन्न
  • २०७६ सालमा कामपा २६ अन्तर्गत रानीवारी संकल्पमार्गका स्थानीयहरुको मागबमोजिम फलामे बिजुलीको खम्वा राख्ने कार्य सम्पन्न
  •  २०७७ सालमा म्हेपीमार्ग कामपा २६ तथा १६ को संयुक्त सडकमा करिब २ सय घरधुरीलाई ३ इन्चको खानेपानी पाइप लाइन विस्तार
  •  २०७७ सालमा करिब २५ घरधुरीका लागि २ इन्चको पाइपलाइन विस्तार
  • २०७७ कामपा १६ म्हेपी गुम्वाको दक्षिणतर्फको १० घरधुरीको लागि खानेपानी पाइपलाईन विस्तार
  • २०७७ मा एकता मार्ग मित्रनगर नजीक करिब ५४ घरधुरीका लागि खानेपानी पाइपलाइन विस्तार
  •  २०७८ सालमा श्रीनगर टोलमा खानेपानी लाईन विच्छ्याइएको
  •  २०७८ मा कामपा २६ भीम मार्गमा करिब ४ सय मिटर खानेपानी पाइपलाइन विस्तार
  •  २०७८ मा कामपा २६ भुतवाग गल्लीमा करिब ४५ घरधुरीका लागि खानेपानी पाइपलाइन विस्तार