सञ्चारिका समूहद्वारा पत्रकार महिलालाई मेन्टरसिप तालिम

0
Shares

काठमाडौं ।

सञ्चारिका समूहले सातवटै प्रदेशका पत्रकार महिलालाई मेन्टरसिप तालिम दिएको छ। सञ्चारिका समूहको आयोजना र अमेरिकी दूतावासको सहयोगमा तालिम सञ्चालन गरिएको हो। उक्त तालिमकाे उद्घाटन अमेरिकी राजदूत र्‍यान्डी बेरीले गरेका थिए  ।

तालिमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि राजदूत बेरीले सबै क्षेत्रमा विविधताको प्रतिनिधित्व नगरी कुनै पनि समाज आफ्नो क्षमताका रूपमा अगाडि बढ्न नसक्ने बताए।  राजदूत बेरीले पत्रकारिता जिज्ञासु, निष्पक्ष र समाजको हितका लागि हुनुपर्ने बताएका थिए । पत्रकारले   निष्पक्ष समाचार उत्पादन गर्न पत्रकारका आचारसंहितामा ध्यान दिन जोड दिएका छन्    ।

सोमबारदेखि सञ्चालित महिला नेतृत्वसम्बन्धी तालिममा सातवटै प्रदेशका २० जना पत्रकार महिला सहभागी थिए । मंगलबार सकिएको तालिममा सहभागी २० जना महिला पत्रकार मध्येबाट तीन जना छनोट हुनेछन् । छनोट भएका केहीले राम्रो फिचर लेखनका लागि तीन महिनाको मेन्टरसिप पाउने सञ्चारिका समूहका महासचिव बसन्ती बाँस्तोलाले जानकारी दिइन्। तालिममा लेखक तथा सम्पादक मोहन मैनाली र वरिष्ठ पत्रकार हरिकला अधिकारीले प्रशिक्षण दिएका थिए।