संखुवासभा गठबन्धन हुनेमा शंका

0
Shares

संखुवासभा  ।

संखुवासभामा नेपाली कांग्रेस र माओवादीबीच भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धन नहुने भएको छ । नेपाली कांग्रेस र गठबन्धनबीच पटक–पटक छलफल गर्दा सहमति नजुटेपछि गठबन्धन नुहने भएको हो ।

जिल्लामा स्थानीय तह भागबन्डामा नेपाली कांग्रेस र गठबन्धन बीच चार दिनदेखि छलफल भई बिहीबार बेलुका सहमति भएको थियो । सहमतिअनुसार शुक्रबार संयुक्त हस्ताक्षर गर्ने भनिएकोमा एक्कासि नेकपा माओवादी केन्द्रले सहमतिमा हस्ताक्षर गर्न नमानेपछि गठबन्धनको सम्भावना समाप्त भएको संखुवासभा गठबन्धन जिल्ला संयोजक एवं नेपाली कांग्रेस सभापति दीपक खड्काले बताउनुभयो ।

उहाँले नेकपा माओवादीबाहेक अन्य दलसँग भने गठबन्धन हुने-नहुने निर्णय नभएको बताउनुभयो । संखुवासभा जिल्लामा १० स्थानीय तह रहेकामा नेपाली कांग्रेसले २ नगरसहित ३ गाउँपालिका र नेकपा एमालेले ३ नगरसहित २ गाउँपालिकामा जितेको थियो ।जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी गठबन्धन गर्ने एक महिनाअघि नै सहमति भएको थियो ।