पीएसजीको मैदानमा मार्सेली दर्शकले प्रवेश नपाउने



काठमाडौं ।

फ्रेन्च लिग वानको बहुप्रतिक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क डे प्रिन्सेसमा राति साढे १२ बजे सुरु हुनेछ ।

तर, खेलमा मार्सेलीका समर्थकले भने प्रवेश पाउने छैनन् । पछिल्लो समय दुई क्लबका समर्थकबीच बढ्दै गएको तिक्तता र बैमनश्यता कारण पीएसजी घरेलु मैदानमा मार्सेली समर्थकलाई प्रतिबन्ध गरेको हो ।

पछिल्लो समय बढेको घटनाले आइतबारको खेलमासमेत प्राभावित बनाउन सक्छ भन्दै फ्रान्सेली गृहमन्त्रालयले पार्क डे फ्रिन्सेस जानेलाई २४ घण्टा अघि रोक लगाएको हो ।

सन् २०१८ यता दुई क्लबबीचको प्रतिस्पर्धामा एक अर्काका समर्थकलाई मैदान प्रवेशमा रोक लगाइएको छ । जारी लिगमा ३१ खेल खेलिसक्दा पीएसजी ७१ अंकसहित शीर्षस्थानमा छ । मार्सेली भने समान खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ । दुइ क्लबबीच १२ अंकको दूरी छ ।

प्रतिक्रिया दिनुहोस्