चुनावका लागि उपत्यकामा एमालेले तोक्यो तीन संयोजक

0
Shares

काठमाडौं । 

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले अगाामी वैशाख ३० गते हुने निर्वाचनका लागि संयोजक तोकेको छ । शनिबार बसेको कमिटीको बैठकले स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि तीन जना संयोजक तोक्ने निर्णय गरेको हो ।

काठमाडौंका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले संयोजनको जिम्मेवारी दिएको छ । काठमाडौंका संयोजक कार्कीले बैठकले विशेष प्रदेश मातहतका मजदुर विशेष जिल्ला कमिटी, पेसागत विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, इलाका र शाखालाई परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा कमिटीका इन्चार्ज सुजिता शाक्यले आसन्न स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक आ–आफ्नो बसोबास रहेको स्थानमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।