काभ्रेको धुलिखेलमा जेसिजको क्षेत्र ‘ग’ सम्मलेन

‘नेतृत्व विकास र सामाजिक अभियानको अभियान्ता’

0
Shares

काभ्रे ।

काभ्रेको धुलिखेलमा नेपाल जेसीजको क्षेत्र ‘ग’ का अध्यक्षहरुको सम्मेलन धुलिखेलमा काभ्रे लेडिज जेसीजको आयोजना गरिएको छ । सम्मेलनमा ३७ वटा शाखाका अध्यक्षहरुको सहभागिता रहेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्मेलनको उद्घाटन गर्नु भएको थियो ।

‘समुदायमा आधारित सामाजिक अभियानमा मात्रै नभई विपद ब्यवस्थापन, उद्धार तथा राहतमा समेत जेसीजले महत्वपूर्ण भूमिका खेलेको छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘भुकम्प, कोरोना महामारी तथा अन्य विपदमा जेसीजको सक्रिय भूमिकाको प्रशंसा गर्दछु ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेले सामाजिक अभियानमा मात्रै नभई जेसीजले नेतृत्व विकासमा पनि अतुलनिय योगदान पु¥याएको बताउनु भयो ।

‘समाजमा केहि गरौ भन्ने सोच बोकेका ब्यक्तिहरुलाई समेट्दै क्षमता अभिबृद्धीका साथै नेतृत्व विकासमा अगुवाई गरेको छ’–प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो–‘समाजलाई सकारात्मक गतिमा अघि बढाउन सम्मेलनले तय गर्ने विषयहरु महत्वपूर्ण हुनु पर्छ ।’चारवटा क्षेत्र अन्र्तगत शनिबार नै क्षेत्र क को चारआली जेसीज झापा, क्षेत्र ख को लालबन्दी जेसीज सर्लाही, क्षेत्र घ को दाङ्ग लेडिज जेसीज दाङमा एकै पटक सम्मेलनको आयोजना गरिएको छ ।

काभ्रेमा आयोजना गरिएको उक्त सम्मेलनमा सहभागि अध्यक्षहरुले आफ्नो आफ्नो शाखाबाट प्रस्तुत हुने नयाँ एजेण्डाका बारेमा छलफल गर्नेछन् । क्षेत्र ग बाट प्रस्तुत हुने एजेण्डा चारवटै क्षेत्र मध्ये उत्कृष्ट बनाउने गरी सम्मेलनमा छलफल शुरु भएको राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमाकुमारी प्याकुरेलले बताउनु भयो ।

सम्मेलनको उद्घाटन सत्रमा राष्ट्रिय उपाध्यक्षहरु जीवन कार्की, योगिराज अधिकारी, जीवन श्रेष्ठ, काभ्रे जेसिज अध्यक्ष संजिव मानन्धर, काभ्रे लेडिज जेसिज अध्यक्ष सुनिता बादे श्रेष्ठ, निर्वतमान अध्यक्ष देवकी दुलाल आचार्यले राष्ट्रिय सम्मेलन र जेसिजको भूमिकाका बारेमा मन्तब्य राख्नु भएको थियो ।२०१४ बाट शुरु भएको क्षेत्रिय सम्मेलनको निरन्तरता २०२२ मा काभ्रे लेडिज जेसीजको ब्यवस्थापनमा आयोजना गरिएको अध्यक्ष सुनिता बादे श्रेष्ठले बताउनु भयो ।