शताब्दी पुरुष सत्यमोहन जोशी आइसियुमा



न्युज अफ नेपाल, काठमाडौं ।

वाङ्मय शताब्दी पुरुष डासत्य मोहन जोशीलाई आइसियु वेडमा सारिएको छ । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार राती १२ बजेदेखि आइसियुमा सारिएको हो ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक अमिश पाठकका अनुसार उनको उपचारमा अस्पतालका क्रिटिकल केयर विभाग देखि आन्तरिक चिकित्सा, पल्मोनोलोजी, कार्डियोलोजी र युरोलोजी विभागका चिकित्सक टोली खटिएको छ। अहिले डा जोशीको स्वास्थ्य अवस्था स्थिर तर सामान्य भने नरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्