स्वास्थ्यमा समस्या देखिएपछि शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्यमा समस्या देखिएपछि वाङ्मय शताब्दी पुरुष डा.सत्य मोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ। मुत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएपछि जोशीलाई किष्ट शिक्षण अस्पताल ललितपुरमा भर्ना गरिएको हो।

उनलाई अस्पताललको डिलक्स सुइटमा भर्ना गरी उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। छातीको संक्रमण, मुटुको चालमा गडबडी देखिएपछि बिहिवार अस्पताल भर्ना भएका थिए । उपचारपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्