शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना



काठमाडौं ।

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई किस्ट हस्पिटलमा भर्ना गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताउनु भएको छ |

अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यका अनुसार बिहीबार भर्ना हुँदा उहाँको मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा समेत गडबडी भएता पनि हाल स्थिति सन्तोषजनक रहेको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्