आफ्नै घरको पेटीमा लडेर मृत्यु



पाल्पा ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । विहीबार साँझ तानसेन नगरपालिका –४ होलाङ्दीका ६१ वर्षीय केशव महर्जन आफ्नै घरको पेटीमा लडेर घाइते हुनु भएको थियो । घाइते भएका महर्जनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।

नयाँ वर्षको पहिलो दिन घर वरपरका सबै रमाइलोमा व्यस्त रहेका बेला उहा पेटीमा लडनु भएको थियो । अस्पताल पुर्याएका उहाँको विहीबार राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्