प्रभु इन्स्योरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न

0
Shares

काठमाडौं ।

प्रभु इन्स्योरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विद्युतीय माध्यमबाट भर्चुअल रूपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७-०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने करबापत ० दशमलव ५८ प्रतिशत नगद लाभांश गरी जम्मा ११ दशमलव ५८ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।

वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कम्पनीका अध्यक्ष कुसुम लामाले विभिन्न समस्या तथा उत्तारचढाव,२०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) र सो को नयाँ÷नयाँ भेरियन्टको असर, तत्पश्चात वित्तीय क्षेत्रमा देखिएको तरलताको अभाव एवं प्रत्यक्ष आयात निर्यात हुने विदेशी राष्ट्रहरूबीच भएको आपसी द्वन्द्वलगायतले बिमा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पारेको बताउनुभयो ।

उहाँले सम्भावित बिमा जोखिमको आँकलन तथा सोको संयमित र अनुकूलित व्यवस्थापन नै बिमा क्षेत्रको सफलताको सूत्र हो भन्नेमा कसैको दुई मत हुन नसक्ने जनाउँदै कम्पनीभित्रको सुशासन र सहभागितामूलक पारदर्शी निर्णय प्रक्रियाले सञ्चालक समिति र व्यवस्थापन बीचमा झन् प्रगाढता बढेको बताउनुभयो ।

उहाँले बिमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच पुँजी, दाबी भुक्तानी, व्यवस्थापन खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित दीर्घकालीन लक्ष्य प्राप्तिका लागि समस्त कम्पनी परिवार प्रयत्नशील रहेको बताउँदै हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बिमा कम्पनीको बजार, ग्राहक, लक्ष्य, उद्देश्य लगभग एकै किसिमका रहेकाले यस्तो अवस्थामा कम्पनीले प्रतिस्पर्धा गर्न ग्राहक केन्द्रित भएर आकर्षक बिमा सेवा प्रदान गर्दै अगाडि बढेको र कम्पनीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थापन गर्दै कम्पनीले डिजिटल बिमा सेवामा विशेष जोड दिइएको बताउनुभयो ।

वार्षिक साधारण सभामा विभिन्न सेयरधनीले आफ्नो मन्तव्य, जिज्ञासा र सुझाव राख्दै कम्पनीको प्रगती सन्तोषजनक रहेको र बिमा समितिबाट जारी भएको पुँजी वृद्धिसम्बन्धी निर्देशनबमोजिम कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड पु¥याउनका लागि हकप्रद सेयर जारी गरि पुँजी वृद्धि गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दियो ।वार्षिक साधारण सभाबाट पारित बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार पुगेको छ ।