माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा दिने

0
Shares

काठमाडौं  ।

माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसरमा आफ्नो ग्राहक सेवा केन्द्रलाई २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुआत गरेको छ ।

बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधासहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको बैंकले ग्राहकलाई मध्यनजर गर्दै बैंकले यसअघि सीमित अवधिका लागि सञ्चालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । ग्राहक सेवा केन्द्रले ग्राहकलाई परेको समस्याको समाधान बैंकको औपचारिक सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत सुविधा दिँदै आइरहेको छ ।

बैंकको गुणस्तरीय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्ने बैंकले दाबी गरेको छ ।

ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरी आफूलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । जसबाट ग्राहकहरूले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सूचना, गुनासो तथा अन्य कुराको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।