अवैध मुद्रासहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ 



काठमाडौं ।

अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपालबाट भारत लुकाएर लैजाने क्रममा नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको २ सय १७ थान गरी जम्मा १ लाख ८ हजार ५ सय रुपैयाँसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका कन्हैयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली ६ लाख ५४ हजार रुपैयाँसहित फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्