सडकबाटै सरकार परिवर्तन



तत्कालीन नेकपामा आएको विवादका कारण देशभर फैलिएको राजनीतिको असर गण्डकी प्रदेशमा पनि प-यो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जेठ २७ गते ढल्यो भने पछि बनेको सरकारले पनि अस्थिरताको सामना गरिरहेको छ ।

अविश्वासको प्रस्ताव दर्ता हुने थाहा पाएलगत्रै वैशाख १ गते मध्यरातमा मुख्यमन्त्री गुरुङले संसद् अधिवेशन अन्त्यको घोषणा गर्नुभएको थियो । ३ दलले संसद सञ्चालन गर्न प्रस्ताव दर्ता गरेसँगै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन परेको थियो । सोहीअनुरूप विशेष अधिवेशन समेत बोलाइएको थियो ।

गुरुङ नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकार टिकाउनका लागि ६० सदस्यीय प्रदेशसभामा ३१ मत आवश्यक पर्ने भए पनि उहाँले जम्मा २७ मत मात्रै प्राप्त गर्नुभयो । अविश्वासको प्रस्ताव दर्ता भएसँगै वैशाख २९ गते ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ दोस्रो पटक मुख्य मन्त्री हुनुभएको थियो ।

जेठ २४ गते मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएपछि स्वतः पदमुक्त हुन पुग्नुभयोे । त्यसपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय सीमा जारी गर्नुभएको थियो । गण्डकीमा समेत अलोकतान्त्रिक र संविधानविपरीत काम भएको भन्दै कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन सडकमा उत्रिएका थिए । जेठ २९ गते प्रदेश प्रमुख निवासमा घर्ना दिन पुगेको पाँच दलीय गठबन्धनले अन्ततः गण्डकीमा गठबन्धनको सरकार बनाउन सफल रह्यो । सडकमा आन्दोलन गरिरहेका सांसदहरूले कांग्रेस सचेतक दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाएका थिए । पोखरेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजिव गुरुङले समर्थन गरेका थिए ।

मनाङेको प्रहार

युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) मंसिर र चैतमा कर्मचारीमाथि प्रहार गरे । तत्कालीन मन्त्रालयका सचिव तेजप्रसाद काफ्लेलाई सिसाको गिलासले प्रहार गरेका थिए । भने चैतमा सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेका थिए ।

खेल जगत्मा अस्थिरता

वैशाख ५ गते गण्डकी प्रदेशका ११ जिल्लामा नै जिल्ला खेलकुद समिति गठन भए । तत्कालीन मुख्य मन्त्री पृथ्वी स्ुब्बा गुरुङले नियुक्ति गरेको समिति चैत २४ गते मन्त्रीपरिषद्को निर्णयबाट हटाइयो । काम सन्तोषजनक नभएको भन्दै युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले स्पष्टीकरण माग गर्दै चित्त बुझ्दो जवाफ नदिएको भन्दै पदबाट हटाइएको हो । त्यस्तै गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ ।

संक्रामक तथा सरुवा रोग अस्पताललाई एक महिनाअघि प्रदेश स्थापना दिवस (फागुन ४ गते) मात्रै प्रदेश सरकारले प्रदेशभरिकै उत्कृष्ट अस्पताल घोषणा गरेको थियो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले नियुक्त गरेका व्यवस्थापन समिति प्रा.डा. कृष्णप्रसाद पौडेलसहित पदाधिकारी ध्रुव अधिकारी, मेजर रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जारालाई सेवासम्पादन सन्तोषजनक नभएको भन्दै बर्खास्त गरेको हो ।

शोकमा दशैं

२०७८ सालको असोज २५ गते कास्कीको घान्द्रुकमा जीप दुर्घटनामा परी देशले कुशल जनशक्ति गुमाउन पुगेको छ । अति संवेदनशील क्षेत्र मानिने स्वास्थ्य क्षेत्रमा अध्ययन गर्दै गरेका ७ जना विद्यार्थी र १ जना चालकसहित ८ जनाको मृत्यु भएको थियो भने एक किशोरी घाइते हुन पुगेकी थिइन् ।
पोखराको नयाँपुलबाट घान्दु्रकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना अन्नपूर्ण–१० कलाभीरमा दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।

करणीमा कलाकार

२०७८ को अन्त्यतर्फ निकै चर्चाको विषय बन्न पुग्यो नायक पल शाह । विवाहको प्रलोभनमा पारी नाबालिगलाई फकाई करणी गरेको भन्दै उनी पक्राउ परे । उनले करणी गरेको ठहर पछि जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठायो । शाहविरुद्ध नै नवलपुरमा समेत करणीको मुद्दा परेपछि नवलपुरले पनि उनलाई थुनामा राख्न आदेश दिएको छ ।उता कास्की जिल्ला अदालतले भने बलात्कारका मुद्दामा आरोपित व्यक्तिहरूलाई सफाई दिन थालेको छ । नाबालिग बलात्कार र यौन दुव्र्यवहारको आरोप लागेका होटल दि कान्तिपुरका मालिक तथा पोखराका पर्यटन व्यवसायी सुन्दर श्रेष्ठ र सोही मुद्दामा यौन दुव्र्यवहारको आरोप लागेका एनआइसी एसिया बैंक प्रस्र्याङ पोखरा शाखाका प्रमुख सुवास सुवेदीले सफाइ पाएका हुन्

पग्रिँदै पर्यटन

कोरोना महामारीले दुई वर्ष त्यसै बित्यो । तेस्रो वर्ष अर्थात् २०७८ सालको शुरूआतमा पुनः त्रसित बनायो । कोरोनाको नयाँ भेरियन्ट शुरू भयो । तर, त्यतिन्जेल १८ वर्षभन्दा माथि गण्डकीका ९४ प्रतिशतले कोरोना विरुद्ध खोपको पहिलो डोज लगाए । गण्डकी सबैभन्दा बढी खोप लगाउने प्रदेश रह्यो त्यही बिचमा कास्कीमा पहिलो डोज १ सय ११ प्रतिशत, दोस्रो डोज १ सय २१ प्रतिशत र १२ वर्षदेखि १७ वर्षसम्मकाले पहिलो डोज १ सय २ प्रतिशत र दोस्रो डोज ८६ प्रतिशत लगाए । कुल प्रतिशतको २० प्रतिशतले बुस्टर डोज लगाए ।

प्रतिक्रिया दिनुहोस्