१३१ औँ अम्बेडकर जयन्ती मनाइयो



काठमाडौं ।

काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै बीपी कोइराला भारत–नेपाल फाउण्डेशन, काठमाडौं सचिवालयले मंगलबार १३१ औँ अम्बेडकर जयन्ती मनाएको छ । पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थितिमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा डा. यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मालगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालय–नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीजको पनि उद्घाटन गरिएको छ ।

सोही अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. यादवले सामाजिक न्याय र समावेशीकरणका लागि डा. भीम राव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा उनको उल्लेखनीय नेतृत्व र दूरदृष्टिको स्मरण गर्नुभयो । पूर्व सभामुख ढुङ्गानाले नेपालसहित दक्षिण एसियाभरी नै अहिलेको परिपेक्ष्यमा बाबासाहेब अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकता माथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्