हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार



मुगु ।

मुगुमा नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका-३ बस्ने देवकी भामलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

‌उनलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत रेफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

यहाँ सुविधा सम्पन्न अस्पताल र विशेषज्ञ चिकित्सकको अभावले बिरामीहरूलाई समस्या हुँदै आएको छ । अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्