सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु



काठमाडौं ।

सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको सोमबार ज्यान गएको छ । ज्यान गुमाउनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवका ८ वर्षीय छोरा देवराज यादव रहेका छन् ।

मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टी रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्