चुनावी अभियान जुट्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्ला



जुम्ला ।

जुम्लामा राप्रपाले पनि चुनावी अभियान थालेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि राप्रपाले चुनावी अभियान थालेको हो । आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि राप्रपाले जुम्लामा घरदैलो अभियान थालेको छ । सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री धनबहादुर बुढाले राप्रपाले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे । उनले भने, ‘त्यसमाथि अहिले राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले गति लिइरहेको छ ।’

धेरै पटक अरू राजनीतिक दललाई जनताले मतदान गरे पनि यस पटक राप्रपालाई मत दिन बुढाले आग्रह गरे । राप्रपाको विचार, नीति र सिद्धान्तप्रति जनताको आकर्षण बढेको उनको जिकिर छ ।

राप्रपा जुम्ला अध्यक्ष वेदबहादुर शाहीले सोमबारदेखि ७७ वटै जिल्लामा चुनावी घरदैलो अभियान सुभाराम्भ भएको बताए । राप्रपा जुम्ला नगर अध्यक्ष अनुप थापाले गठबन्धनले देश धराशायीमा परेको आरोप लगाए । ‘विकास गर्छौं विभिन्न राजनीतिक दलले धेरै वर्ष विताए । तर, देश जहाँको त्यही छ । महंगी बढ्दो छ । बेरोगारी उस्तै छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्