एमालेले गर्‍यो ललितपुर – १८ को अध्यक्षमा खड्काको नाम सिफारिस 



ललितपुर ।

ललितपुर महानगरपालिका वडा नम्बर १८ मा एमालेको तर्फबाट दामोदर खड्काको नाम सिफारिस गरेको छ । वडा कमिटीको बैठकले खड्काको नाम  सिफारिस गरेको हो । बैठकले अध्यक्ष सहित वडा सदस्यहरूको नाम समेत सिफारिस गरेको छ ।  महिला सदस्यमा रुकमणी महर्जन, दलित महिला सदस्यमा राधिका रोक्का, सदस्यहरूमा गोपाल डंगोल र निरोज कुँवरको नाम चयन गरिएको छ ।

हाल ३ हजार ३ सय २५ मतदाता रहेको उक्त वडामा यसअघि  एमालेको पुरै टिम विजयी भएको  थियो ।  एमाले वडा समितिका अध्यक्ष गोपाल डंगोलको अध्यक्षतामा १८ वडा इन्चार्ज एवं ललितपुर जिल्ला कमिटीका सचिवालय सदस्य केशव आचार्य सहितको बैठकले अध्यक्ष र वडा सदस्यको  नाम सिफारिस गरेको हो ।

सिफारिस भएको नाम वडा कमिटीले महानगर कमिटी र महानगर कमिटीले जिल्ला कमिटीमा सिफारिस गर्नेछ । वडा कमिटीका अध्यक्ष डंगोलले निर्बाध र निर्विकल्प रूपमा नाम सिफारिस भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्