महाकाली नदीमा हाम फालेकी महिलाको मृत्यु 



दार्चुला ।

महाकाली नदीमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अपिहिमाल गाउँपालिका–६ घर भई महाकाली नगरपालिका–४ खलंगामा डेरागरी बस्दै आएकी २९ वर्षीय दमन्ती महता धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

जिल्ला सदरमुकाम खलङ्गाको घाटबजार स्थित एक होटलमा काम गर्दै आएकी ती महिलाले आइतबार विहान महाकाली नदिमा हाम फालेको बताइएको छ । घाट बजारको रिङनताल क्षेत्रबाट महाकालीमा हाम फालेकी धामीको शव २ किलोमिटर तल नदी किनारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले निकाली परीक्षणका लागी जिल्ला अस्पताल दार्चुलामा पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्