नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई हतियार हस्तान्तरण



काठमाडौं ।

आइतबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनाललाई ईन्सास राइफल नाल ५ सय र एलएसडब्लु नाल ९० गरी जम्मा ५ सय ९० नाल हतियार तथा सोको एम्युनिशन र अन्य सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि सेनाले सहयोग स्वरुप ईन्सास राइफल नाल ९ हजार र एलएसडब्लु नाल १ हजार ६०० गरी कुल १०, हजार ६०० नाल हतियार उपलब्ध गराउने जनाइएको छ । सोही योजना अनुसार पहिलो चरणमा आइतबार ईन्सास राइफल नाल ५ सय र एलएसडब्लु नाल ९० गरी कुल ५ सय ९० नाल हतियार हस्तान्तरण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्