सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीले लिए शपथ



धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गरेका छन्। यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्। नयाँ मन्त्रीले लिए शपथ लिएका छन् ।

एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकास मन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो । यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरीको ठाउँमा एकीकृत समाजवादीकै कुलबीर चौधरी नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्