स्थानीय निर्वाचनमा गठबन्धन हुन्छ : मन्त्री आले



काठमाडौं, (नेस) ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनुभएको छ । बिहीबार छैटौं भक्तपुर औगोगिक संस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा शुभकामना दिँदै मन्त्री आलेले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ, हामीलाई एक किलोको पाँच वटा ढक र आफूलाई एक क्विन्टल हौं भन्नेलाई आधाकिलोमा झार्ने छौं ।’ मन्त्री आलेले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने जिकिर गर्दै गठबन्धन दुईवटै पक्षलाई आवश्यक छ, यसैले गठबन्धन गरेर जाने बताउनुभयो ।

छैटौं भक्तपुर औगोगिक संस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको सफलताको शुभकामना दिँदै मन्त्री आलेले कोभिडका कारण दुई वर्ष थला परेको यहाँको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग हुन जरुरी रहेको बताउनुभयो ।

यसै गरी मन्त्री आलेले क्यासिनो खोलेर सरकारको रोयल्टी नबुझाउनेलाई कारबाही गरेको र अहिले सरकारको खातामा करिब एक अरब रकम जम्मा गराएको दाबी गनुभयो । विगतका सरकारले गरेका गल्तीहरूलाई आपूmले सुधार गर्दै गएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्