इमान अन्तर्राष्ट्रिय तेक्वान्दो आजदेखि



काठमाडौं ।

इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक प्रेम भुजेलले जनाएका छन् ।

क्योरोगीको सिनियर पुरुष/महिलामा ६–६, जुनियर पुरुष/महिलामा ७–७ तथा सब जुनियरको पुरुष/महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धामा प्रतिस्पर्धा हुने छ । त्यस्तै पुम्सेमा सब जुनियर, क्याडेट, सिनियर, जुनियर र मास्टर्सतर्फ खेल हुने छ ।

प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्