बाँसबारी क्लब र सिद्धार्थ बैंकबीच सम्झौता



काठमाडौं ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबले सह–प्रयोजकको रूपमा सिद्धार्थ बैंकसँग बुधबार सम्झौता गरेको छ । काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे । चार लाख रुपियाको प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।

बाँसबारीका अध्यक्ष थापाले भने, ‘देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब र बाँसबारी टोलबासी अत्यन्त खुसी छौं । स्थानीय बासिन्दा दीपेश आचार्यको पहलमा हाम्रो यो सहकार्य सम्भव भएको हो । यो सहयोगले नेपालको फुटबल विकास र क्लबको उद्देश्य तथा लक्ष्य प्राप्त गर्न ठूलो सहयोग मिल्नेछ ।’

बाँसबारी क्लबको मुख्य प्रायोजक अराउन्ड द हिमालयज प्रालि रहेको छ । क्लबले अराउन्ड द हिमालयजसँग १० लाख रुपियाँको प्रायोजन सम्झौता गत फागुनमा गरेको थियो । क्लबको सहप्रायोजक चोयु ट्रेकिङ प्रा.लि., हेल्थ पार्टनर वेलनेस हस्पिटल, मार्केटिङ पार्टनर काया स्पोर्ट्स एन्ड सप्लायर्स र किट्स पार्टनर कामरु ट्रेडिङ प्रा.लि. रहेका छन् ।

यस्तै, एन्फा निर्वाचनको लागि कार्यसमिति बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचनको लागि अध्यक्ष प्रेम थापालाई मताधिकारसहितको प्रतिनिधि र महासचिव रमेशकुमार कार्कीलाई प्रतिनिधि पठाउने सर्वसम्मत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्