नवलपुरमा शाहको पक्ष र विपक्षमा थुन छेक बहस सकियो, फैसला आज राती नै आउन सक्ने



नवलपुर ।

नाबालिक गायिका करणीको आरोप लागि न्यायिक पूर्पक्षमा रहेका नायक पल शाहको नवलपुर जिल्ला अदालतमा लगिएको थुन छेक बहस सकिएको छ । शाहको पक्षमा बुधबार ९ भन्दा बढी वकिलले बहस गरेको जिल्ला अदालत नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले बताउनु भयो । फैसला आज राती नै आउन सक्ने बताइएको छ ।

पूर्वी नवलपरासीको ईलाका प्रहरी कार्यालय गैँडाकोटमा पीडित बालिकाले आफ्ना अभिभावक सहित आएर पल विरुद्ध करणीको आरोप सहित निवेदन दिएकी थिइन । तनहुँ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि स्थानीय कारागारमा रहेका शाहलाई अदालती परिपत्र अनुसार थुनछेक बहसका लागि मंगलबार जिल्ला अदालत नवलपुरमा पेस गरिएको थियो ।

नवलपुर जिल्ला अदालतमा पेस भएका पल शाहसँग जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले करिब ६ घण्टा लामो बयान लिएको थियो ।बुधबारै पीडितका पक्षबाट पनि सरकारी वकिलका तर्फबाट बहस गरिएको बताइएको छ । यसै गरी अन्य दुई कानुन व्यवसायीहरू पनि पीडितका पक्षमा थुन छेक बहसका लागि नवलपुर जिल्ला अदालत आइपुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्