विद्रोहीको आक्रमणमा परी कंगोमा नेपाली सिपाही गुरुङको मृत्यु



काठमाडौं ।

विद्रोहीको आक्रमणमा परी कंगोमा एक नेपाली सिपाहीको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी सुर्खेतको गुर्भाकोटका सिपाही अनिल गुरुङको मृत्यु भएको हो ।

अपरेसन ‘बाली’को लागि खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा गुरुङ घाइते भएका थिए । यस अघि उनको परिचय खुलेको थिएन ।

प्रतिक्रिया दिनुहोस्