सरकारले तेजाब र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने



काठमाडौं ।

सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको बताइएको छ । ती अध्यादेश मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी हुनेछन् ।

यसअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको अध्यादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्