बागलुङमा पिकअप दुर्घटना, एमाले नगरकमिटी अध्यक्ष पौडेलको मृत्यु



बागलुङ ।

बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । निसीखोलाबाट ढोरपाटन नगरपालिकाको बुर्तिबाङ जाँदै गरेको लु १ च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको बताइएको छ । उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष हुन् । दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्