श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेसँग परराष्ट्रमन्त्री खड्काको शिष्टाचार भेट



काठमाडौं ।

परराष्ट्रमन्त्री नारायण खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग शिष्टार भेटवार्ता गरेका छन् । बिमिस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलंका पुगेका परराष्ट्र मन्त्री खड्का मंगलबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

त्यस क्रममा नेपाल श्रीलंका सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्