कमल थापाले भने – ‘दलको विकल्प राजसंस्था होइन’



काठमाडौं । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताउनुभएको छ । राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताउँदै उहाँले भन्नुभयो, ‘दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन ।’

जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उहाँले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ ।’ हिन्दू राज्यको पक्षमा रहेको बताउँदै उहाँले निर्मल निवासले चाहेजस्तो सहज अबको समयमा नरहेको बताउनुभयो ।

थापाले विगतमा आफूले राजसंस्थाका लागि गरेका कामप्रति कुनै पश्चाताप नभएकोसमेत बताउनु भएको छ । नेपाल एकीकरण, प्रजातन्त्र स्थापना र देश सुदृढीकरणमा राजसंस्थाको उच्च योगदान रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्