सिन्धुपाल्चोककाे सुकुटे क्षेत्रमा पर्यटक बढाउन पदमार्ग निर्माण हुँदै 


न्युज अफ नेपाल, काठमाडौं । 

सिन्धुपाल्चोक ,स्थानीय र प्रदेश सरकारको सहयोगमा एक सुन्दर ठाउँ सुकुटे क्षेत्रमा पर्यटक बढाउन पदमार्ग निर्माण हुँदै  छ ।

आन्तरिक तथा बाह्य पर्यटक बढाउन प्रदेश सरकारको ४५ लाख लगानीमा चौतारा साग चोक गडी न पा को सुकुटे बृच देखि रानिपोखरी सम्म पदमार्ग निर्माण लक्ष्यसहित पदमार्ग निर्माण कार्य सुरु भएको छ।काठमाडौँबाट नजिकको सुन्दर गन्तव्य हो सुकुटे। भोटेकोसीमा  र्‍याफ्टिङ गर्न काठमाडौबाट नजिकैको रमणीय स्थलको रुपमा सुकुटे क्षेत्र  परिचित छ।

सुकुटे क्षेत्रमा आएका आन्तरिक तथा बाह्य पर्यटक लाई अझै मनोरञ्जन दिई प्रवर्द्धन  गर्ने उद्देश्य सहित कोदारिमा होम स्टे सञ्चालन गरी  सोही बाटो हुँदै सिरान चौरमा प्याराग्लाइडिङ गर्न प्रोत्साहित गर्दै, मुलखर्क बाट जुगल हिमालको भिउ देखाउन भिउन टावर निर्माण गर्ने लक्ष्य रहेको चौतारा सागाँचोक गडी नगर पालिका ९ का वडा अध्यक्ष विष्णु लामाले जानकारी दिए । सुकुटेमा मनोरञ्जन गर्न दिनहुँ सयौँको संख्यामा  पर्यटकहरू आउने गरेका छन् ।

यसबाट होटल व्यवासायिले राम्रो आम्दानी गर्न थालेका छन ।सरकारले   पर्यटन प्रवर्द्धन गर्ने योजना  लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्नु कोरनाले लथालिङ्ग भएको  पर्यटन व्यवसायलाई माथि उठाउन यस पदमार्गले सहयोग पुग्ने उपभोक्ता समितिका अध्यक्ष उमेश थापा मगरले जानकारी दिए । यस पदमार्ग पूरा भई  पर्यटक वृद्धि भएमा गाउँमा  आय सोतमा वृद्धि भई पुरैगाउँ लाभान्वित हुने देखिन्छ । पद मार्गले स्थानीय कला र संस्कृति झल्कने भेष भूषा र रहनसहन लाई प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक गाउँमा भित्र्याउन सकिने भए पछि गाउँलेहरु खुसी भएका छन् ।