रुपन्देहीमा गुडीरहेको ट्रयाक्टरबाट खस्दा एकको मृत्यु

0
Shares

न्युज अफ नेपाल, रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा हिजो बेलुकी गुडीरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारु रहेका छन् । ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ त ६८ ४२ नम्बरको ट्रयाक्टरमा सवार थारु हिजो बेलुकी ७ बजे सोही ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।