सुनको मूल्य घट‍्यो, तोलाको कति पुग्यो ?

0
Shares

काठमाडौं

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ ।