मानवअधिकार एलाएन्सको जिल्ला अधिवेशन सम्पन्न


सीताराम अधिकारी, धादिङ । 

राष्ट्रिय मानव अधिकार सामाजिक न्याय मञ्च (मानवअधिकार एलाएन्स) धादिङको तेस्रो जिल्ला अधिवेशनले विनोद रिजाललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

धादिङबेसीमा सोमबार भएको अधिवेशनले सर्वसम्मत रूपमा ११ सदस्य जिल्ला कार्यसमितिको समेत निर्वाचन गरेको छ ।जिल्ला कार्यसमितिको उपाध्यक्षमा माधव खतिवडा, सचिवमा गिता  खनाल, उपसचिवमा बिनिता भट्टराई, कोषाध्यक्षमा राजन दुवाडीलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

अधिवेशन उद्घाटन समारोहमा मानवअधिकार एलाएन्सका उपमहासचिव तिलोत्तम पौडेलले सामाजिक विकास र समृद्धिका लागि मानवअधिकार एलाएन्स निरन्तर लागि रहने बताउनुभयो । समारोहमा नेकपा उमाले धादिङका उपसचिव राधिका सापकोटा, मानवअधिकार एलाएन्सका धादिङ इन्चार्ज मञ्जु गुरुङ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।