बनेपा नगरपालिकाको ४१ औं स्थापना दिवस

बनेपा बालमैत्री उन्मुख नगर घोषणा

0
Shares

काभ्रे । 

जिल्लाको पहिलो नगरपालिका बनेपाले स्थापनाको ४१ औ दिवस मनाएको छ । पूर्व मन्त्री एवं संघीय सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तिहरूलाई विभिन्न पदकबाट सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसरमा बालमैत्री उन्मुख नगर घोषणा गरिएको थियो । पूर्व मन्त्री बास्कोटाले बनेपा बालमैत्री उन्मुख नगर घोषणा गर्दै समृद्ध नगर निर्माणमा जोड दिनु भयो । ‘बनेपा नगरपालिका भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाबाट फराकिलो भएको छ’–नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले भन्नुभयो–‘संघीय संरचना पछि निर्माण भएका १४ वटा वडामा पूर्वाधार सहितका संरचना र जनशक्ति व्यवस्थापन भएको छ भने सोही वडाबाट नागरिकहरूले प्राप्त गर्ने अधिकतम सेवा उपलब्ध गराएको छ ।’

 

सडक सञ्जालबाट सबै वडाहरूमा पहुँच पु¥याउने, खानेपानी तथा सरसफाईका क्षेत्रमा निरन्तर कार्य गरिरहेको, पक्कि सडक निर्माणलाई प्राथमिकता दिएको, नागरिकहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारमा विशेष कार्य गरिरहेको नगर प्रमुख बादेले बताउनु भयो । स्मार्ट सिटीका रूपमा नगरपालिकाले कार्य गरिरहेको बताउँदै नगर प्रमुख बादेले पर्यटकीय क्षेत्रमा विस्तार गर्ने गरी १६ सय सिँढी निर्माण गरिरहेको, सांस्कृतिक धरोहरहरू निर्माण गरिरहेको नगर प्रमुख बादेले बताउनु भयो ।

कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले आगामी स्थानीय तहको निर्वाचनबाट परमादेशवालाहरूलाई जनादेशबाट पराजित गर्ने बताउनु भयो । एमाले विरुद्धको मोर्चा विकासको बाधक रहेको उहाँले बताउनु भयो । बनेपा नगरपालिकामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, फिल्म सिटी निर्माण, बनेपा भित्रका पुराना पुरातात्त्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माण, खानेपानी आयोजना, सडक निर्माण लगायतका योजनामा रकम विनियोजन भएको बास्कोटाले बताउनु भयो । बनेपा जिल्लाकै प्रमुख आर्थिक व्यापारिक केन्द्र भएकाले यहाँका नागरिकहरूको सुरक्षा र शान्ति तथा विकास निर्माणको अभियानमा जनप्रतिनिधिको सक्रियतालाई निरन्तरता दिन आगामी निर्वाचनमा एमालेका प्रतिनिधिहरूलाई विजयी गराउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बनेपा ताराबाट वरिष्ठ साहित्यकार मोहन दुवाल तथा संस्कृतविद् ज्ञानकाजी मानन्धरलाई सम्मान गरिएको थियो । त्यस्तै बनेपा नगरपालिकामा कार्यरत २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूलाई बनेपा दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो । बनेपा सेवा पदक तथा बनेपा दीर्घ सेवा पदकबाट १५ वर्ष स्थायी सेवा अवधि पुगेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पूर्व नगर प्रमुख डा. सुरेन्द्रबहादुर बादे श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । सोही अवसरमा वडा नम्बर ४, ५, १०, ११ र १३ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरी नगद ३० हजार सहित सम्मान गरिएको थियो ।

बनेपा नगरपालिका क्षेत्र भित्रका विद्यालयमा कार्यरत २०७४ वैशाख १ गते उप्रान्त सेवा निवृत्त भएका स्थायी शिक्षक तथा कर्मचारीहरूलाई सम्मान सहित दोसल्ला प्रदान गरिएको थियो भने नगर क्षेत्र भित्र रहेका विद्यालयमा कार्यरत रही अविच्छिन्न रूपमा १५ वर्ष स्थायी सेवा अवधि पुरा गरेका शिक्षक तथा कर्मचारीहरूलाई बनेपा सेवा पदकबाट सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसरमा बनेपामा विभिन्न क्षेत्र तथा संघ संस्थाको प्रतिनिधित्व सहितको -याली प्रदर्शन गरिएको थियो । सोही अवसरमा नगर उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासनिक अधिकृत कविराज उप्रेतीले नगरपालिकाले नागरिकहरूलाई प्रदान गरेको सेवा र पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।