सुनको मूल्य एक लाख पाँच सय रुपैयाँ काराेबार


न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मूल्य सोमबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको मूल्य तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।