‘ती चार दिन : महिनावारी अनुभूति कथाहरू’ नामक पुस्तक सार्वजनिक



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. गंगाराम गौतमको परिकल्पनामा लक्ष्मी न्यौपानेको सङ्कलनमा आइतबार काठमाडौंमा ‘ती चारदिन : महिनावारी अनुभूति कथाहरू’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपालका विभिन्न क्षेत्रका २२ जना ख्याति प्राप्त व्यक्तित्वहरू महिनावारी हुँदाका आ – आफ्ना जीवन कथाहरू समेटिएको छ ।

पुस्तकमा महिनावारीको समयमा छोइछिटो  गर्ने , छाउपडीमा राख्ने जस्ता कुरीतिका विरुद्धमा जनचेतना फैलाई, महिनावारीलाई मर्यादित रूपमा सबैले अपनायन सकुन् भन्ने रहेको छ । कार्यक्रममा गौतमले पुस्तक प्रकाशनको उद्देश्य तथा सङ्कलनको परिकल्पना सम्बन्धमा प्रकाश पार्नुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार आरती चटौतले कथाहरूका सम्बन्धमा संक्षिप्त टिप्पणी व्यक्त गर्नुभयो ।

मर्यादित महिनावारीका अभियन्ता गुयाराज श्रेष्ठले मर्यादित महिनावारीमा कथाहरूको योगदानका सम्बन्धमा मन्तव्य व्यक्त गर्नुभयो । लक्ष्मी न्यौपानेले कथा प्रस्तुतिमा आफ्नो अनुभव सुनाउनुभयो ।कार्यक्रममा जनस्वास्थ्य विशेषज्ञ डा. अरुण उप्रेती, दलित/महिला विशेषज्ञ निरा जैरु, पत्रकार निर्मला शर्मा, राजनीतिज्ञ हिसिला यमी, लैङ्गिक विशेषज्ञ रीता शाह लगायतले पुस्तकको चर्चा गर्नुभएको थियो । यस पुस्तक एकीकृत सामुदायिक विकास मञ्चले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्