नेपालको ३ दिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ

0
Shares

काठमाडौं ।

तीन दिने नेपालमा भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किका छन् । विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हो यान्छी तथा परराष्ट्र मन्त्रालय र दूतावासका अन्य अधिकारीले बिदाइ गरेका छन् ।

नेपाल भ्रमणको क्रममा मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गरेका थिए ।

भेटका क्रममा दुईपक्षीय सहयोग आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर भएको छ । चीनले नेपाललाई ६० करोड एमआरबी ११ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।