अर्बुद रोग संस्थाको निर्वाचन हुन सकेन

0
Shares

काठमाडौं, (नेस) ।

नेपाल अर्बुद रोग निवारण संस्थाको निर्वाचन हुन नसकेको सो संस्थाले जनाएको छ । काठमाडौं जिल्ला कार्यसमिति निर्वाचन कार्यक्रममा गणपूरक संख्या नपुगेकाले निर्वाचन हसन नसकेको संस्थाले जनाएको छ ।

‘आगामी कार्यसमितिको बैठक निकट भविष्य बस्ने तथा उपस्थित सदस्य संख्या गणपूरक भए निर्वाचन कार्य सम्पन्न गराउने शाखा सभापति अजय सिंह सुवालले जानकारी दिनुभयो । संस्थाको विधानमा तेस्रोपटकसम्म पनि गणपूरक संख्या नपुगे उपस्थित संख्यालाई नै गणपूरक मान्नुपर्ने उल्लेख गरिएको छ । त्यसैले तेस्रोपटकको उपस्थितिलाई आधार मानी निर्वाचन कार्य सम्पन्न गर्छौं’ –केन्द्रीय अध्यक्ष कृष्णबहादुर बस्नेतले भन्नुभयो ।