नेपाल समाचारपत्रकर्मी ढकाललाई प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार

0
Shares

काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल( प्याब्सन)ले नेपाल समाचारपत्रका वरिष्ठ सहायक सम्पादक ईश्वरराज ढकाललाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्याब्सनको १५ औ महाअधिवेशनमा पत्रकार ढकाललाई २५ हजार नगद सहित सम्मान गरिएको हो ।

विगत दुई दशकदेखि शिक्षा पत्रकारिता पेसामा लागेका पत्रकार ढकाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निजी शिक्षा क्षेत्र उन्नयनको लागि निजी विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री श्रेष्ठले अब निजी विद्यालयकै कारण शिक्षा क्षेत्रको विकास भएको दाबी गर्नुभयो । उहाँले संस्थालाई थप प्रोफेसनल बनाएर लैजानुको विकल्प नभएको धारणा व्यक्त गर्दै त्यसको लागि सबैको एकमत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयले लगानीको संरक्षण, सम्पत्तिको सुरक्षा , छात्र वृत्तिमा भएको विभेद हटाउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्याब्सनका पूर्व अध्यक्ष एवं सल्लाहकार राजेश खड्कालाई प्याब्सन गौरब , बिएन शर्मा सानु अमात्य, डोलराज पाण्डे, नारायण अधिकारी र सरोज रायलाई प्याब्सन रत्न पदकबाट सम्मान गरिएको थियो ।