बिहेको प्रलोभन देखाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

0
Shares

पर्सा ।

किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीलाई प्रहरीले पक्राउ गरेको हो ।

कोईरीले १५ वर्षीया किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ-नयाँ स्थानमा घुमफिर गराउने वहाना बनाई आफूसँग लगि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरी दर्खास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका-१३ बाट पक्राउ गरको हो । उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।