शिक्षा सम्बन्धी अधिकार कार्यान्वयनमा फितलो

0
Shares

काठमाडौं । 

शिक्षामा राज्यको लगानी  विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका २८ बागबजारस्थित होटल हार्दिकमा अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागको आयोजनामा देशभरिका  सम्पूर्ण प्रगतिशील ,जनबादी तथा देशभक्त विद्यार्थीहरू एक हौ भन्ने मूल नारा सहित अनेरास्ववियुले अन्तरक्रिया तथा विचार गोष्ठी कार्यक्रम गरेको  हो ।

कार्यक्रममा बोल्दै  नेकपा एमालेको स्थायी कमिटी सदस्य माधव ढुङ्गेलले समाजवाद भित्र  शिक्षा कस्तो हुन्छ त्यसको बहस  अनेरास्ववियुले थालि गुणस्तरीय शिक्षामा सबैको पहुँच र सर्बसुलब तरिकाले कसरी लागू  गर्ने भन्ने कुरा सबैले  ध्यान दिनुपर्ने बताएका छन्  ।

संविधानमा शिक्षा सम्बन्धी विभिन्न अधिकार लेखिएता पनि  कार्यान्वयनको पक्ष एकदमै फितलो रहि आएको छ। शिक्षामा पहुँच पुगेपनी त्यसको गुणस्तरमा सम्बन्धित निकायको लापरबाही , विद्यालयमा गैर जिम्मेवार राजनीतिकले गर्दा दिनहुँ सरकारी विद्यालय बन्द हुँदै गएको जानकारी दिनुभएको छ ।

सोही कार्यक्रममा बोल्दै  अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष सुनिता बरालले  शिक्षा क्षेत्रलाई परिवर्तन र मजबुत नबनाई देश समृद्ध र बिकास हुने कुरा कल्पना गर्न नसकिने बताउनुभएको छ  ।  सञ्चार क्षेत्रमा सञ्चारकर्मीहरूले  समाचार बनाउँदै गर्दा शिक्षालाई कति समय दिइने भन्ने विषय  प्राथमिकताका साथ राख्न आग्रह गर्नु भएको छ ।

अनिवार्य शिक्षा हासिल गर्न घर घर बाट बालबालिका हरूलाई स्कुल पुराउनु जोड दिई  सरकारी स्कुललाई प्राथमिकतामा राख्न निःशुल्क शिक्षा हुनुपर्ने  र भोटको राजनीति गर्नेले भिड जम्मा मात्रै गर्दै  आएकोले  शिक्षामा प्राविधिक रूपान्तरण कसरी हुन्छ भनी प्रश्न गर्नुभएको थियो ।

कार्यक्रम  अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभाग प्रमुख  गोविन्द गिरि, नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल  , अनेरास्ववियु केन्द्रीय कमिटी  इन्चार्ज माधव ढुङ्गेल , शिक्षा मन्त्रालय सह सचिब डा।हरि बराल ,अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बराल, राष्ट्रिय योजना आयोग सदस्य डा।पुष्प रमण वाग्ले,  शिक्षाबिच प्रा.डा.बिद्यानाथ कोइराला लगायत  १५०  जना जतिको सहभागिता रहेको थियो  ।