प्रतिष्ठित होटेल व्यवसायी राधेश्याम सराफको निधन



काठमाडौं । 

प्रतिष्ठित होटेल व्यवसायी राधेश्याम सराफको निधन भएको छ । भारतको गुरगाउँमा रहेको मेदान्त हस्पिटलमा आज बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि पेटको समस्या भोगिरहेका सराफको यसअघि काठमाडौंस्थित नर्भिक हस्पिटलमा उपचार हुँदै आएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई एयर एम्बुलेन्स मार्फत भारत लगिएको थियो । पारिवारिक स्रोतका अनुसार सराफको चाहनाअनुसार उनको अन्त्यष्टी र काजक्रिया नेपालमा नै गरिने भएको छ ।

नेपालका दुई ठूला ‘पाँचतारे’होटल हायात होटेल र याक एण्ड यतिका शुरुवातकर्तासमेत रहेका सराफले नेपालको होटेल क्षेत्रमा महत्त्वपूर्ण सफलता हात पारेका थिए । नेपालको होटेल क्षेत्रमा उनको ठूलो योगदान रहेको होटेल व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्