टिकट पाउनै सकस

बनेपाको टिकट पाउनु र फलामको च्युरा चपाउनु उस्तै



काभ्रे ।

स्थानिय तहको निर्वाचन नजिकिदै गए संगै सत्ताधारीदल नेपाली काग्रेसभित्र जिल्लाको व्यापारिक केन्द्र बनेपा नगरपालिकामा प्रमुखका आकाक्षि नेताहरुलाई पार्टीबाट उमेद्वारको टिकट पाउन फलामको च्युरा चपाए सरह भएको छ । आन्तरीक गुट र प्रतिस्पर्धा अत्यन्त चर्को सामना गरिरहेका अकाक्षि नेताहरुलाई वडा बाट नाम सिफारिस गर्ने देखि प्रदेशबाट टिकट पाउने बेला सम्म सबै गुट उपगुट धाउदा जेरी जस्तै जेलिनु पर्ने भएको छ । हालै सम्पन्न अधिवेशनबाट वडा समितिमा एउटा गुट छ भने प्रदेशसभा समितिमा अर्को गुट छ । प्रतिनिधि सभा समितिमा फेरी अर्को गुटको नेतृत्व छ । नगर प्रमुखको उमेद्वारको अन्तिम निर्णय गर्ने प्रदेश समितिमा अर्कै गुटको नेतृत्व छ ।

नगर प्रमुखको आकाक्षि उमेद्वारको धेरै भएको तल्लो तहदेखि माथिल्लो तहसम्म फरक फरक गुटको नेतृत्व भएकोले बनेपा नगरमा कस्ले टिकट ल्याउने हो भन्ने बारेमा अन्तिम सम्म अन्यौल रहने देखिन्छ । बनेपा नगरको प्रमुखको लागि काग्रेसबाट प्रचण्डराज प्रधान, कृष्णगोपाल भैल, राम जोशी, योगेन्द्रनाथ कर्माचार्य, शान्तिरत्न शाक्य, महेश कर्माचार्य, सुरकृष्ण वैद्य, रविन शाक्य लगाएत दर्जनौ व्यत्ति टिकट पाउने आशमा छन् । जिल्लाका पालिकाहरुको प्रमुखमा महिलाको चर्चा शुन्य भैरहेको बेला बनेपामा जिवना वादेको पनि चर्चा चलिरहेको छ ।

१४ वडा रहेको बनेपाको वडा समितिको नेतृत्वमा फरक फरक गुटका नेता छन भने नगर समितिमा संस्थापन पक्षको नेतृत्व रहेको छ । प्रदेशसभा समितिमा रामहरी श्रेष्ठको नेतृत्व रहेको छ भने प्रतिनिधिसभा समितिमा महेश खरेलको नेतृत्व रहेको छ । वागमति प्रदेश समितिमा ईन्द्र वाणीयाको नेतृत्व रहेको छ ।

अघिल्लो निर्वाचनमा नगर प्रमुख र उपप्रमुख सहित १४ वडाको प्रतिस्पर्धामा काग्रेसले पाचवटा वडामा मात्र विजयी हासिल गरेको थियो । करिब ३९ हजार मतदाता रहेको बनेपामा काग्रेस भित्ररहेको प्रत्येक गुटले आफ्नो पक्षको नेता लाई टिकट दिने प्रतिस्पर्धा बढ्दै गए हालैमात्र काग्रेस प्रवेश गरेका उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यको सम्भावना बढ्ने देखिन्छ । पार्टी भित्र योगदान गरेको हिसाबमा भने अन्य नेताहरुमध्य बाट नै आउने बनेपाका कार्यकर्ताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्