सुनकाे मूल्य घट्याे, आइतबार ९९ हजार दुई सय रुपैयाँमा काराेबार


न्युज अफ नेपाल, काठमाडौं ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि,शुक्रबार सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तिन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तिन सय ७५ रुपैयाँ तोकिएको छ ।