रुसी राष्ट्रपतीको आलोचना गर्ने मोडलको शव भेटियो


न्युज अफ नेपाल, काठमाडौं ।

रुसी राष्ट्रपती भ्लादमिर पुटिनको आलोचना गर्ने मोडल ग्रेटा वेडलरको शव कारभित्र एक सुटकेटमा भेटिएको छ ।

२३ वर्षकी ग्रेटा करिब वर्ष दिनदेखि हराइरहेकी थिइन् तर उनको सोसल अकाउन्ट चलिरहेको थियो । ग्रेटा पहिलो पटक त्यतिबेला चर्चामा आएकी थिइन् जब उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई साइकोप्याथ (मनोरोगी) बताएकी थिइन् । उनको हत्यामा उनको राजनीतिक बयानबाजीको कुनै सम्बन्ध नभएको बताइएको छ ।

फक्स न्युजको रिपोर्टअनुसार मोडल ग्रेटा वेडलरको हत्या उनकै पूर्व प्रेमी दिमित्री कोरोविनले गरेका थिए । ग्रेटाका पूर्व प्रेमी कोरोभिनले हत्या गरेको स्वीकार गरेका छन्  । कोरोविनले ग्रेटाको घाँटी थिची हत्या गरे र शवलाई सुटकेसमा राखेर कारको डिक्कीमा राखेकाे  उनले बताए  ।कोरोविनले आफूले अपराध बाचा गर्दै ग्रेटा वेडलरलाई ३०० मिटर टाढा ड्राइभ गरेर रुसको लिपेट्स्कमा लगेको र त्यहाँ उनले शवलाई सुटकेसमा राखेर गाडीको डिक्कीमा यत्तिकै छोडि दिएकाे बताएका छन्  ।

पैसाको विवादमा कोरोभिनले ग्रेटाको हत्या गरेको बताइएको छ । कोरोभिनले अन्वेषकहरूलाई बताए कि उनी तीन रात होटलको कोठामा ग्रेटाको शवसँगै सुते।ग्रेटाको मृत्युपछि, कोरोभिनले उनको सामाजिक सञ्जाल पेज अपडेट गरे ताकि उनको मृत्यु वा बेपत्ता भएकोमा कसैले शंका नगरोस्। उनको आदेशमा ग्रेटाको शव पनि बरामद भएको थियो ।