तेमालमा प्रधानमन्त्रीद्वारा ४ करोड ६४ लाखको भवन उद्घाटन 

0
Shares

काभ्रे  । 

 जिल्लाको तेमाल गाउँ पालिकाको नव निर्मित प्रशासनिक भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले  उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको २ करोड ६४ लाख र जिल्ला समन्वय समिति काभ्रेको २ करोड गरी ४ करोड ६४ लाखमा निर्माण सम्पन्न भवन तीन तल्लाको छ ।

२०७६ सालमा निर्माण सुरु भई २ बर्ष मै निर्माण कार्य सम्पन्न भएको उक्त भवन प्रधानमन्त्री देउवाले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो । गाउँपालिका अध्यक्ष सलाम सी लामाले गाउँ पालिकाले विकासका अन्य प्राथमिकतामा प्रशासनिक भवन पनि रहेकाले स्थानीय सरकारको प्रत्याभूति गराउन भवन निर्माण सम्पन्न गरेको बताउनु भयो । उपाध्यक्ष दुर्गामाया तामाङले पूर्वाधार निर्माणका धेरै कार्यको सुरुवात भएको बताउनु भयो ।

कार्यक्रममा प्रवक्ता ज्ञानबहादुर तामाङले तेमाल ऐतिहासिक पालिका भएकोले भकुण्डे देखि मेच्छे पौवा सम्मको सडक कालोपत्रे गर्न, पुर्बाधारका अन्य कार्यमा सघ सरकारको सहयोग आवस्यक रहेको बताउनु भयो । तामेलमा दुर्लभ बोधिचित, ऐतिहासिक सग्राहलय, डम्फु तथा महत्त्वपूर्ण स्थान संरक्षणका लागि पहल भइरहेको जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र कर्मचारीहरूले स्थानीय सरकार र सरकारले खेल्ने भूमिकाका बारेमा बोलेका थिए ।

गाउँपालिकाले आफ्नै बजेटमा ३ किमी गाउँ पालिका पुग्ने सडक कालोपत्रे गरेको, खानेपानी व्यवस्थापनमा १ करोड रकम विनियोजन गरी एडिबीको सहयोगमा खानेपानी योजना सम्पन्न गर्न लागेको, जोर्दे निर्माण गरेको, वडा कार्यालयका भवनहरू निर्माण गरेको छ । तामेलका साबिक ७ वटा गाविसलाई ९ वटा वडामा विभाजन गरेको थियो ।