पुर्वराजा ज्ञानेन्द्र शाह र कोमल ११ गते झापा जाँदै

 नयाँ वर्ष झापामै मनाउने तयारी

0
Shares

काठमाडौं । 

 पुर्वराजा ज्ञानेन्द्र शाह र पुर्वरानी कोमल  नयाँ वर्ष मनाउन झापा जाने कार्यक्रम तय भएको छ । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी झापा जाने कार्यक्रम तय भएको हो । उहाँको सुरक्षा र कन्भे सहितको टोली सोमबार झापा जाने कार्यक्रम रहेको छ ।

 उहाँको व्यक्तिगत सुरक्षाको नेतृत्व गरिरहनु भएको सुदन थापा सहित सुरक्षाकर्मीको टोली सोमबार झापा जान लागेको हो । पुर्वराजा ज्ञानेन्द्र र कोमल ११ गते दिउँसो हवाई मार्गबाट झापा जाने कार्यक्रम तय भएको छ–निर्मल निवास स्रोतले न्युज अफ नेपालसँग भन्यो । झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्ने समेत कार्यक्रम रहेको स्रोतको भनाई छ ।

 अहिले कुनै कार्यक्रम तय भैसकेको छैन । ११ गते झापा पुगेपछि बाकी कार्यक्रम तय हुनेछ–स्रोतले भन्यो । कोरोना महामारीको कारण लामो समय निर्मल निवास बस्दै आउनुभएका ज्ञानेन्द्र परिवार लामो बसाईको लागि झापा जान लाग्नुभएको हो । ज्ञानेन्द्रसँग केही कर्मचारी र निजी सचिव सागर तिमल्सिना जाने कार्यक्रम रहेको छ ।

 यसअघि झापा भ्रमणको क्रममा ज्ञानेन्द्र र कोमल भारतको सिलगढी पुग्नुभएको थियो । झापामा केही दिन बसाई पछि आफन्तसँग नयाँ वर्ष मनाउने कार्यक्रम रहेको छ । परिवारका सदस्य मध्य बुहारी हिमानी शाह , दुई नातिनी पुर्णिका र किर्तिका थाइल्याण्ड र नाति ह्दयन्द्र उच्च शिक्षा अध्ययनको सिलसिलामा अमेरिका भएको कारण दुई जनामात्रै झापा जान लाग्नुभएको हो । निर्मल निवासमा ज्ञानेन्द्रका  पुत्र पुर्व यवराज पारस शाह एक्लै बस्ने छन्  ।